सोमवार , भाद्र १६, २०८२
भैरहवा, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवार छनौटका लागि सातजनाको नाम सिफारिस गरेको छ । नेकपा एस रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका केन्द्रिय महासचिव घनश्याम भुसालसहित सातजनाको नाम सिफारिस गरेको छ ।
लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हिराध्वज शाह, प्रदेश सदस्य आनन्द प्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१को सह–इञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । जिल्लाले पठाएको नामलाई उम्मेदवार छनौट गर्न बनेको कार्यदलले एक महिलासहित ३ जनाको नाम केन्द्रिय समितिमा सिफारिस गर्नेछ ।
लुम्बिनी प्रदेश इञ्चार्ज तथा केन्द्रिय उपमहासचिव मेटमणी चौधरी, प्रदेशका सह–इञ्चार्ज तथा केन्द्रिय सचिव सोमप्रसाद पाण्डे, लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इञ्चार्ज ई. नन्दलाल बन्जाडे, रुपन्देही जिल्ला अध्यक्ष हिराध्वज शाह सदस्य रहेको कार्यदलले ३ जनाको नाम पठाउनेछ ।
कार्यदल सातैजनासँग बस्ने र चुनावी रणनीति बुझेपछि मात्रै तीन जनाको नाम सिफारिस गर्ने केन्द्रिय उपमहासचिव चौधरीेले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij