२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

रोट्रयाक्ट बुटवल डाउन टाउनको अध्यक्षमा आबिष्कार खनाल

आइतवार , भाद्र १५, २०८२

  • 751
    Shares
  • 751
    Shares
  • बुटवल, १५ भदौ । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनको २३ औं पदस्थापन तथा पद हस्तान्तरण समारोह सम्पन्न भएको छ । रुपन्देहीको बुटवलमा सम्पन्न उक्त समारोहमा वर्ष २०२४–२५ का अध्यक्ष डिल्लीराज ढकालले आफ्नो अध्यक्ष पदको जिम्मेवारी वर्ष २०२५–२६ का अध्यक्ष आबिष्कार खनाललाई हस्तान्तरण गर्नुभएको थियो।

    कार्यक्रम न्यूज २४ टेलिभिजनका समाचार सम्पादक तथा कार्यक्रम प्रस्तोता राजीब  खत्रीको प्रमुख आतिथ्यता, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का आइपीडीआरआर विक्रम क्षेत्रीको विशिष्ट आतिथ्यता, रोट्रयाक्ट बुटवल डाउन टाउनका पूर्वअध्यक्ष तथा रोटरी डाउनटाउन वर्ष २०२५–२६ का अध्यक्ष बाबुराम बन्जाडे र जोन १८ का जेडआरआर डा. आबिष्कार पराजुलीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र विशेष अतिथिहरूले क्लबको सामाजिक उत्तरदायित्व, युवा नेतृत्व विकास र सामूदायिक सेवामा योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँहरुले निवर्तमान अध्यक्ष ढकाललाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै बधाईसँगै वर्ष २५–२६ का अध्यक्ष खनाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    पद हस्तान्तरण तथा पदस्थापन समारोह क्लबको ३३४ औं नियमित बैठकसँगै सम्पन्न भएको थियो । कार्यक्रममा समारोह संयोजक तथा मनोनित अध्यक्ष महेश खनालको स्वागत मन्तव्य, उपाध्यक्ष रमेश पन्थीको धन्यवाद मन्तव्य तथा सञ्चालन वर्ष २४–२५ की सचिव मन्जु गिरी र २५–२६ का सचिव केशव पौडेलले गर्नुभएको थियो ।

    समारोहमा रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनका पूर्वअध्यक्षहरु, काउन्सील अध्यक्ष, रोट्रयाक्ट डिष्ट्रिक्टका पदाधिकारीहरू, रोटरी डाउन टाउनका पूर्वअध्यक्ष एवं पदाधिकारीहरू, विभिन्न रोट्रयाक्ट क्लबका अध्यक्ष तथा पदाधिकारीहरू लगायतको उपस्थिति थियो ।

    कार्यक्रममा रोटरी बुटल डाउनटाउननका निवर्तमान अध्यक्ष डिल्लीराज ढकालले आफ्नो कार्यकालमा सहयोग गर्ने बोर्ड सदस्यहरु, क्लबका सदस्यहरु, पूर्वअध्यक्षहरु तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।

    पदभार ग्रहण पश्चात बर्ष २०२५–२६ का अध्यक्ष आबिष्कार खनालले १९ सदस्यीय नयाँ कार्यसमिति, ९ सदस्यीय मेन्टर प्यानल घोषणा गर्दै क्लबका १२ सदस्यसँगै ३५ जना नयाँ सदस्यहरुलाई स्वागत गर्नुभयो । सो अवसरमा उहाँले आफ्नो वार्षिक कार्ययोजना सार्वजनिकसँगै वर्ष २०२५–२६ को थीम, क्लब डायरी र क्लब टी–सर्ट पनि सार्वजनिक गरिएको थियो । अवसर र रोजगारीको सम्भावनालाई नियाल्दै रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउन र समृद्धि हेर ड्रेसिङबीच महत्वपूर्ण समझदारी गरिएको थियो ।

    WhatsApp Image 2025-08-31 at 4.08.34 PM.jpeg

    समझदारी पत्रमा समृद्धि हेयर ड्रेसिङका सञ्चालक मोहन ठाकुर र क्लबका अध्यक्ष आबिष्कार खनालले हस्ताक्षर गर्नुभएको थियो । समझदारी पत्र अनुसार यस वर्ष आर्थिक अवस्था कमजोर रहेका २ जना पुरुष र १ जना महिलालाई समृद्धि हेयर ड्रेसिङकोतर्फबाट करिब ६ लाख रुपैयाँ बराबरको तालिम निःशुल्क प्रदान गरिनेछ । 

    तालिम पूरा गरेपछि रोजगारी ग्यारेण्टी पनि पाउनेछन भने क्लबका सदस्यहरूलाई हेयरकटमा १० प्रतिशत र अन्य सेवाहरूमा १५ प्रतिशत छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।