२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धि तीनदिवसीय प्रशिक्षण सम्पन्न

आइतवार , भाद्र १५, २०८२

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • बुटवल, १५ भदौ । नेकपा (एमाले) लुम्बिनी प्रदेश स्कूल विभागको आयोजनामा पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धि तीनदिवसीय प्रशिक्षण कार्यक्रम रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।

    प्रशिक्षणको समापन कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीका पालिकास्तरीय अध्यक्षहरुलाई पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धि प्रशिक्षणले पार्टीलाई चुस्तदुरुस्त र गतिशील बनाउने बताउनुभयो । उहाँले देशकै उत्कृष्ट र जनमुखी पार्टी एमाले बनाउने अभियानलाई सफल बनाउन नेता, कार्यकर्ताहरुलाई विचार ,संगठन र क्रियाशीलतामा जोड दिन प्रशिक्षणको आयोजना गरिएको बताउनुभयो।

    भदौ १३ देखि १५ गतेसम्म सञ्चालन भएको उक्त बन्द प्रशिक्षणमा भोजप्रसाद श्रेष्ठ, दलबहादुर गुरुङ, युवराज घिमिरे, डीआर घिमिरे, कल्पना थापा, बाबुराम वि.क., बद्री खनाल, नरबहादुर घर्तीले बैठक सञ्चालन, माइन्यूट लेखन, तालिम व्यवस्थापन तालिम, विकास निर्माणमा एमालेको दृष्टिकोण, लेखाविधि, प्रचारशैली, जनसंगठन र पार्टीबीच समन्वय, पार्टी सञ्चालन र व्यवस्थापन र अर्थराजनीति विषयहरुमा उल्लेखित प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।

    उक्त समापन सत्रको अध्यक्षता प्रदेश पार्टी स्कूल विभागका प्रमुख भोजप्रसाद श्रेष्ठले गर्दै सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । पहिलो चरणमा पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तुभित्र रहेका पालिका कमिटी अध्यक्षहरुलाई सोही विषयमा तालिम दिइएको थियो ।