२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सुन व्यवसायी राजस्व अनुसन्धान विभागको नियन्त्रणमा

मंगलवार , श्रावण ६, २०७७

भैरहवा, ३० असार । अवैध सुन चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

अवैध आर्थिक कारोवार गरेको सूचनाको आधारमा विभागले भैरहवास्थित गल्लामण्डीमा रहेका सोनी ज्वेलर्सका प्रोप्राइटर सुनिल सुनार र उनका सहयोगी अमित परियारलाई मंगलबारनियन्त्रणमा लिएको हो ।

राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले उनीहरूको साथबाट ९९ लाख ५ हजार रूपैयाँ रकम तथा कागजात बरामद गरी अनुसन्धान अघि बढाएको विभागले जनाएको छ । राजस्व अनुसन्धानको टोलीले उनीहरू सवार सवारीसाधन नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। उनीहरूका कारोबारका विषयमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।