२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

सैनामैनामा पहिलो शित भण्डारण गृह 

आइतवार , चैत्र २९, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • सैनामैना, २९ चैत । 
    रुपन्देहीको सैनामैना नगरपालिकाका कृषिलाई टेवा पु¥याउने उद्देश्यले कृषि बजार पूर्वाधार निर्माण अन्र्तगतको शित भण्डारण गृहको निर्माण सुरु भएको छ । सैनामैना वडा नम्बर ३ मा निर्माण हुने शित भण्डारको सैनामैनाका नगरप्रमुख चित्र बहादुर कार्कीले शिलान्यास गरेका हुन् ।

    शिलायन्स गर्दै नगरप्रमुख कार्कीले कृषकहरुलाई सहज र सुविधा पुर्याउने उद्देश्यले शित भण्डार निर्माण सुरु गरिएको बताए । उनले सैनामैनामा कृषिलाई उच्च प्राथमिकतामा राखेर बिभिन्न योजनाहरु कार्यान्वयन गर्दै आएको बताए ।

    सैनामैनामा किसानलाई लक्षित गरी ११ वटै वडामा कृषि पाठशाला संचालन भएको तथा सयौको संख्यामा हाते टेक्टर वितरण गरिएको बताउँदै नगरप्रमुख कार्कीले किसानहरुलाई समय समयमा अनुदानमा बिउबिजन समेत उपलब्ध गराउँदै आएको बताए । समृद्ध सैनामैना निर्माणका लागी हरेक प्रकारका योजनाहरु सैनामैनामा निर्माणको क्रममा रहेको उनको भनाइ थियो ।  

    २३ मिटर लम्बाई, १५ मिटर चौडाई र ४८ मिटर उचाई रहेको उक्त भवनका पूर्ण बन्द प्रविधिको हुने सैनामैनाका प्राविधिक प्रदिप गिरीले बताए । रु. ६५ लाख ५१ हजारमा श्री लक्ष्मी एण्ड सुजल निर्माण सेवाले यो वर्ष पहिलो चरणको सिभिलतर्फको काम सम्पन्न गर्नेछ । 

    २०७७ चैत ९ गते ठेक्का सम्झौता भएको उक्त योजनाको २०७८ असार १५ सम्ममा निर्माण सम्पन्न हुनेछ । १ करोड ९६ लाख लागत अनुमान गरिएको उक्त शित भण्डार निर्माणको हाल  पहिलो चरणको काम हुनेछ । इलेक्ट्रीकल, मेकानिकल र रेफ्रीरेशनको काम भने दोस्रो चरणमा सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।

    कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य नर बहादुर घर्ती मगर, नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्मा, नेकपा (माओवादी केन्द्र) का मन बहादुर महत, गाउँ नगर कृषक समुहका शेर बहादुर केसी लगायतले बोलेका थिए । सैनामैनाका कार्यपालिका सदस्य सविता भुसाल भण्डारीको अध्यक्षतामा तथा सैनामैैनाका कर्माचारी लक्ष्मी खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।