
आइतवार , श्रावण ११, २०८२
भैरहवा, ११ साउन । लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सनाले शैक्षिक सुधारका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनु भएको छ ।
रुपन्देहीको भैरहवास्थित बेलहियामा रहेको बेलहिया माध्यामिक बिद्यालयको निरिक्षण गर्ने क्रममा बोल्दै मन्त्री तिमिल्सनाले शैक्षिक सुधारका लागि सरकारले उल्लेख्य काम गरिरहेको बताउनु भयो । मन्त्री तिमिल्सनाले बिगतका बर्षहरुको तुलनामा लुम्बिनी प्रदेशमा माध्यामिक तहको शिक्षामा सुधार आएको बताउनु हुँदै रिजल्ट सुधार गर्ने गरी अध्ययन अध्यापनमा लाग्न निर्देशन पनि दिनुभयो ।
मन्त्री तिमिल्सनाले भौतिक पुर्वाधारको अभावमा शैक्षिक अबस्था कमजोर भएको कतिपय तथ्यलाई हेरेर मन्त्रालयले प्रदेशका बिभिन्न बिद्यालयमा भौतिक पुर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनु भयो । उहाँले बेलहिया माविको शैक्षिक सुधारका लागि टेवा पु¥याउने उद्धेश्यले बिद्यालयको पुर्वाधार निर्माणका लागि एक करोड रुपैया वजेट विनियोजन गरिएको बताउनुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने र प्रधानाध्यापक विना भण्डारीले बिद्यालयमा गणित शिक्षकको अभावमा एसईइमा चाहे अनुरुपको रिजल्ट ल्याउन नसकिएको बताउदै शिक्षकको व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij