
आइतवार , श्रावण ११, २०८२
तिलोत्तमा, ११ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा खुल्ला व्यायामशालाको उद्घाटन गरिएको छ । वडाबासीलाई स्वास्थ्य सेवा प्रवाह गर्दै वडा नम्बर ६ को पुरानो सडकमा खुल्ला व्यायामशाला सुरु गरिएको हो ।
उक्त व्यायामशालाको शनिबार नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गर्दै नागरिक स्वस्थ भए नगरको विकास गर्न सहज हुने बताउनुभयो । उहाँले भौतिक पूर्वाधार मात्र नभइ मानिसको स्वास्थ्य महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो । उहाँले मानिसलाई रोग हुन नदिन व्यायामशालामा राखिएका उपकरणले सघाउने बताउनुभयो । स्वास्थ्य र सुन्दरता एउटै सिक्काका दुई पाटा भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो ।
वडाको सिलिङ बजेटबाट साढे ६ लाख र स्वास्थ्य मन्त्रालयको सहयोगमा व्यायामका उपकरण प्राप्त भएको तिलोत्तमा–६ का वडाअध्यक्ष गणेश पाठकले बताउनुभयो । व्यायामशालामा थप उपकरण ल्याइ बालबालिकालाई समेत खेल्न, रमाउन मिल्ने गरी पूर्णता दिने उहाँको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij