२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

गाजामा २४ घण्टामा भोकमरी र कुपोषणबाट १५ प्यालेस्टिनीको मृत्यु

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं, ८ साउन । युद्धग्रस्त गाजा पट्टीमा विगत २४ घण्टामा भोकमरी र कुपोषणबाट चार बालबालिकासहित १५ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड गरिएको बताएका छन् । मार्चदेखि भोकमरी र कुपोषणसँग सम्बन्धित मृत्युको कुल संख्या १०१ पुगेको छ । जसमा ८० बालबालिका पनि समावेश छन् ।

इजरायलका लगभग ९५ प्रतिशत डाक्टरहरूको प्रतिनिधित्व गर्ने इजरायली मेडिकल एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै पट्टीमा चिकित्सा उपकरण र आधारभूत मानवीय सहायताको प्रवेशको लागि आह्वान गरेको छ । 

इजरायलले मार्च १८ मा एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेदेखि कम्तिमा ८ हजार २ सय ६८ प्यालेस्टिनीहरू मारिएका छन् । ३० हजार ४ सय ७० जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५९ हजार १ सय ६ पुगेको छ । घाइतेहरूको संख्या १ लाख ४२ लाख ५ सय ११ पुगेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।