२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र : अध्यक्ष उपेन्द्र यादव

बुधवार , श्रावण ७, २०८२

काठमाडौं, ७ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको बताउनुभएको छ ।

काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनबाट लिभरल डेमोक्रेटिक मुभमेण्टतिर भड्किरहेको जिकिर गर्नुभयो । नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा जीवनभरी कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवनर संघर्ष गर्ने व्यक्तित्वको रुपमा पुष्पलाललाई लिनुपर्ने पनि बताउनु भयो ।

उहाँले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवलाई समेत दुई वर्ष नबित्दै षड्यन्त्र गरेर हटाइएको स्मरण गर्दै कम्युनिष्टको जन्मकालमै षड्यन्त्र रहेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेसम्म पनि कम्युनिष्टमा षड्यन्त्र गर्नेकुराको अन्त्य हुन नसकेको बताउनु   भयो । 

अध्यक्ष यादवले भन्नुभयो, ‘नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा जीवनभरी कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवनर संघर्ष गर्ने व्यक्तित्वको रुपमा पुष्पलाललाई लिनुपर्छ । नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव तर बिडम्वना के छ भने २००६ सालमा कलकतामा उहाँले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो ।

दुई वर्षमै यति धेरै षड्यन्त्रकारीहरु पार्टीमा घुसे । २००८ सालमै पार्टीको महासचिवबाट हटाइयो । भनेपछि षड्यन्त्र त कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै चल्दै आएको रहेछ । जो अहिलेसम्म अन्त्य भएको छैन । नेपालमा कम्युनिष्ट आन्दोलन करिव करिव समाप्त भएको अवस्थामा म देख्छु । कम्युनिष्ट आन्दोलनबाट लिभरल डेमोक्रेटिक मुभमेण्टतिर भड्किरहेको देख्छु ।’

अध्यक्ष यादवले एक समय सत्तापक्षमा, प्रतिपक्षमा र जंगलमा समेत कम्य्ुनिष्ट रहेको टिप्पणी गर्नुभयो ।