२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

मिसन ०८४ को नेतृत्व ओलीले नै गर्नुपर्छ : एमाले नेताहरु

बुधवार , श्रावण ७, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, ७ साउन । नेकपा एमालेको मिसन ०८४ को नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।

    बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव शंकर पोखरेलले यसबारे जानकारी गराउनुभएको हो । महासचिव पोखरेलका अनुसार मिसन ०८४ को नेतृत्व अध्यक्ष ओलीले नै गर्नुपर्ने केन्द्रिय कमिटीका अधिकांश सदस्यहरुको राय रहेको बताउनु भयो । मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र पार्टी अध्यक्ष नै रहेको नेताहरुले बताएको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘केन्द्रिय कमिटीका अधिकांश सदस्यहरुको धारणा के रह्यो भने मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ ।भन्ने रायले विधानलाई खण्डित गर्दैन । विधानले त हरेकलाई प्रतिष्पर्धाको अधिकार दिएकै छ । हामी विधानका परिप्रेक्ष्यमा हामी छलफल गर्दैछौँ । प्रतिष्पर्धालाई निषेध गरेका छैनौँ ।’

    एमालेले प्रतिष्पर्धाको राजनीतिलाई निषेध नगरेको पनि बताउनु भयो ।