२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्का कसरी दिइयो : सांसद मोदी

बुधवार , श्रावण ७, २०८२

काठमाडौं, ७ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्का कसरी दिइयो भनी प्रश्न गर्नुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको र्साजनिक लेखा समितिको बैठकमा सांसद मोदीले सो प्रश्न गर्नुभएको हो । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का पार्न चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेसन (जेसीई)ले फर्जी डकुमेण्ट पेस गरेको विषयमा परेको उजुरी र विवादबारे छलफल गर्न बुधवार सार्वजनिक लेखा समितिको बैठक बसेको हो ।

जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का लिन जेसीई÷एएनकेले जलविद्युत आयोजना निर्माणको अनुभव पु¥यााउन चिनियाँ कम्पनी हेजाउ साङचेङ इलेक्ट्रिक पावर कम्पनीसँग मिलेर चीनमा ९० मेगावाटको जलविद्युत आयोजना निर्माण गरेको कागजात पेश गरेको थियो ।

तर हेजाउले जगदुल्ला हाइड्रो कम्पनीलाई आफ्नो कम्पनीको नाम र छाप नक्कल गरी अनधिकृत रुपमा प्रयोग गरिएको पत्र पठाएपछि विवाद बढेको हो । हाल जगदुल्ला हाइड्रो पावर आयोजनाविरुद्ध संसदको सार्वजनिक लेखा समिति, अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि आयोजना अगाडि बढ्न सकेको छैन । 

बैठकमा सरकार र आयोजनाको भूमिकामाथि प्रश्न गर्दै सांसद मोदीले भन्नुभयो, ‘शंकास्पद रुपमा एनयुजर सर्टिफिकेट अनुसूचि ५ को कुनैपनि मिति तथा सही समेत नभएको तथ्य किन नजरअन्दाज गरेको ? मात्र बाँधको फोटो बुझाइएको छ । अन्य संरचनाहरू सुरुङ, पावरहाउस आदीको फोटो किन बुझाएन ?

जेसीई÷एएनके ले दिएको जीआईएसपीएम अनुसुची ६ कोअर्डिनेट गुगल तथा एप्पल म्यापबाट हेर्दा सो कोअर्डिनेट दसौँ किलोमिटरसम्म कुनैपनि जलविद्युत् आयोजनाको नामोनिसान नदेखिएको देखिन्छ । अनुसूची ८ को के यो तथ्यहरू सही हो ? यस्तो साधारण र आधारभूत जाँच गर्ने जनशक्ति र प्राविधिक जनशक्ति, र प्राविधिक मूल्यांकन समिति र व्यवस्थापनमा नभएको हो ?

यस्तो गम्भीर विषय नजरअन्दाज गरेको देखिन्छ । प्रश्न र निष्कर्ष हेर्दाखेरी जेसीई÷एएनकेको दाबी माग सही छ, त्यसको अर्थ सिन्हो हाइड्रो पावरको कीर्ते कागज पेस गरेको ठहर अनिवार्य छ कि छैन ? दुई वटाको सर्टिफिकेट के हो ? भन्ने छानबिन नगरीकन एउटै सर्टिफिकेटले दिएको देखिन्छ ।

यी सबै विषयबस्तु हेर्दा खाली बन्नुपर्छ बन्नुपर्दैन भन्नुभन्दा यो देशमा ब्याप्त भ्रष्टाचार छ, जताततै कमिसन छ । जताततै भ्रष्टाचारले चुर्लुम्म डुबेको छ । तसर्थ त्यो सबै मिलेर तपाइँहरूले नपाउने, कामै नगरेको कम्पनीलाई उहाँहरूले प्रमाणको रुपमा पेस गर्ने गरेर पाइराखेको छ, त्यो गम्भीर प्रश्न उठेको छ ।’

जगदुल्ला आयोजना निर्माणका लागि आवेदन दिएका ४ कम्पनीमध्ये सिनो हाइड्रो पावर र जेसीइ÷एएनके जेभी सर्टलिस्टमा परेका थिए । त्यसलगतै सिनो हाइड्रोपावरले जलविद्युत आयोजना नै नबनाएको र योग्यता नै नपुगेको कम्पनी सर्ट लिस्टमा परेको भन्दै जेसीई÷एएनकेविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको थियो ।

२३ अर्ब लाग्ने अनुमान गरिएको यो आयोजना निर्माणका लागि करिव १६ अर्ब ऋण र ? सात अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ ।