२०८२, भाद्र २० गते

Sep 05 2025 | २०८२, भाद्र २० गते

इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो

मंगलवार , श्रावण ६, २०८२

  • 715
    Shares
  • 715
    Shares
  • काठमाडौं, ६ साउन । अक्टोबर ७, २०२३ मा द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ ।

    स्वास्थ्य अधिकारीहरूले इजरायली सैन्य कारबाहीमा कुल ५९ हजार २९ प्यालेस्टिनीहरू मारिएका छन् । १ लाख ४२ हजार १ सय ३५ जना घाइते भएका छन् । मार्च १८ देखि ८ हजार १ सय ९६ जनाको मृत्यु र ३० हजार ९४ जना घाइते भएका छन् । पछिल्लो जानकारीअनुसार विगत २४ घण्टामा १ सय ३४ शव गाजा अस्पतालहरूमा स्थानान्तरण गरिएको छ ।

    यस अवधिमा निरन्तर हवाई आक्रमणका कारण १ हजार १ सय ५५ जनालाई विभिन्न चोटपटक लागेको अधिकारीहरूले बताएका छन् ।