२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

साउनको पहिलो सोमवार आज, देशभरका शिवालयमा भक्तजनको भीड

सोमवार , श्रावण ५, २०८२

  • 976
    Shares
  • 976
    Shares
  • काठमाडौं, ५ साउन । साउनको पहिलो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ ।

    साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन्। साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

    साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।  

    साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायत कार्य गर्छन् । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार व्रत समाप्त गर्दछन् ।

    facebook sharing button
    messenger sharing button
    twitter sharing button
    viber sharing button
    sharethis sharing button