२०८२, भाद्र १८ गते

Sep 03 2025 | २०८२, भाद्र १८ गते

गाजाको सहायता केन्द्रमा इजरायली आक्रमण : २५ प्यालेस्टाइनी मारिए

आइतवार , श्रावण ४, २०८२

  • 694
    Shares
  • 694
    Shares
  •  

    काठमाडौं, ४ साउन । दक्षिणी गाजामा रहेको मानवीय सहायता केन्द्रमा इजरायली सेनाले शनिवार आक्रमण गर्दा २५ जना प्यालेस्टिनीहरू मारिएका छन् ।

    ७० भन्दा बढी घाइते भएका छन् । खान युनिसको नासेर अस्पतालका निर्देशक आतिफ अल–हौतले खान युनिसको अल–तिनेह क्षेत्रमा भएको घटनापछि अस्पतालले २५ शव र ७० भन्दा बढी घाइते फेला पारेको छ ।

    मध्य गाजा शहरको अल–दराज छिमेकमा विस्थापित नागरिकहरूलाई आश्रय दिइरहेको स्थानमा इजरायली हवाई आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । इजरायली सेनाले दुवै घटनामा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।