
शुक्रवार , श्रावण २, २०८२
काठमाडौं, २ साउन । दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको सहायता वितरण केन्द्रमा २१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
मृत्यु हुनेमध्ये १५ जनाको मृत्यु भीडमा ग्यास छरेपछि भएको भागदौडका कारण निसास्सिएर भएको स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । पहिलो पटक, सहायता वितरण केन्द्रहरूमा नागरिकहरूमा निसास्सिएर र गम्भीर भागदौडका कारण मृत्यु भएको हो । अमेरिका समर्थित गाजा मानवीय फाउन्डेसनका अनुसार भीडमा आन्दोलनकारीहरूले ग्यास छर्किएका थिए ।
कमजोर व्यवस्थापन र सञ्चालन कारण यस्ता दुर्घटना हुने गरेको अध्ययन टोलीको निष्कर्ष छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij