२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु

बिहिवार , श्रावण १, २०८२

काठमाडौं, १ साउन । साउन महिना सुरु भएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं– ८ सिपाडोल स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु भएको छ ।

मेला सुरु भएसंगै केदारनाथको शीर मानिएको डोलेश्वर महादेव मन्दिरमा दर्थनार्थीको घुइचो लागेको छ ।  दर्शनार्थीको आगमनले डोलेश्वर महादेव मन्दिर परिसर भरिभराउ भएको छ । मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरूको सहजताका लागि विशेष व्यवस्था गरेको छ ।

ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको सहज बन्दोबस्त मिलाइएको छ । शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भएकाले पूजा गर्न एक घण्टाभन्दा बढी लाइन बस्न नपर्ने गरी व्यवस्थापन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । यस्तै श्रावणी मेलाको अवसरमा डोलेश्वर महादेव मन्दिरमा कशल यात्रा समेत गरेको थियो ।

कलश यात्रा पछि आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य उपचारका लागि प्रदेशभित्र आवश्यक पूर्वाधार उपलव्ध गराउन ध्यान केन्द्रीत गरेको बताउनुभयो ।  अवसरमा भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिन्छ ।