२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व

बिहिवार , श्रावण १, २०८२

  • 721
    Shares
  • 721
    Shares
  • काठमाडौं, १ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व देशभर स्नान, दान गरेर मनाइएको छ । 

    सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले यसैदिनदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

    साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् । साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।

    साउन महिनामा पशुपतिनाथ लगाएत देशभरका शिवालयमा भक्तजनको घुईचो लागेको छ ।