
सोमवार , आषाढ ३०, २०८२
काठमाडौं, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख दुई ठूला राजनीतिक दलले सत्ताको सिण्डिकेट बनाएर देश लुटिरहेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाउनुभएको हो । राजावादीहरुलाई तह लगाएको भन्दै जनतामा भ्रम छरेर लुट्ने काम भइरहेको उहाँको आरोप छ । उहाँले संसदमा लामो सयमदेखि दुई महत्वपूर्ण राजनीतिक दलहरुले विरोध गरिरहेका पनि सरकारले दुई तिहाईका शक्ति प्रदर्शन गरिरहेको टिप्पणी गर्नुभयो ।
उहाँले गतिरोध र त्यसको व्यवस्थापनप्रति सभामुखले खलेको भुमिकाप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले संसदमा डेढ महिनादेखि विरोध भइरहँदा पनि जबर्जस्ती बैठक चलाइएको उल्लेख गदैए यो समय सभामुखको कार्यकालकै कालो समयको रुपमा रहने टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजावादी र गणतन्त्रविरोधीलाई तह लगायौं भनेर गंका पिटेर जनतालाई भ्रम छरेको के रहेछ, छट्टु स्यालको कथा पो रहेछ । चिल आयो, चिल आयो भन्ने अनि तल टिप्ने ? जनताको ध्यान एकातिर लगेर दुई ठूला–ठूला पार्टीबीच सरकार बनाएर देश लुटेर बस्ने अनि जनताले टुलुटुलु हेरेर बसनुपर्ने ? यो कुरा कदापि सह्य हुदैन सभामुख महोदय ।
यसको प्रतिवाद हुन्छ । हामी संसदबाट विरोध गरिरहेका छौं र आवश्यक प¥योभने हामी सडकबाट पनि प्रतिवाद गरिन्छ । दुई दलहरुले भिजिट भिसाको विरोधमा आवाज उठाइरहेका छौं । यसको गलत व्याख्या नगरियोस् । भिजिट भिसामा जाने मानिसको विरोध गरिएको होइन । विदेश जाँदा खेरी मान्छे भिजिट भिसामै जाने हो ।
जसरी रकम असुली गरेर बेरोजगार युवाहरुको रोजगारी खोज्ने चाहानामाथि कमाउने सरकारको सुनियोजित धन्दाको हामीले विरोध गरेका हौं । म सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु सभामुद महोदय, यो संसदीय इतिहासमा कालो समय हो ।
संसदका दुई महत्वपूर्ण राजनीतिक दलहरुले डेढ महिनादेखि संसदमा विरोधमा गर्दाखेरी जुन संसद चलाउने प्रयास भइरहेको छ । केवल सरकारको अकर्मण्यता र उदासिनता मात्र होइन तपाईको आफ्नो कार्यकालको सबैभन्दा कालो समयको रुपमा उल्लेख रहनेछ।’
उहाँले बेरोजगार युवाबाट रकम असुली गरेर भिजिट भिसाको दुरुपयोग गरेको विषयमा आफूहरुको आन्दोलन जारी रहने पनि बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij