२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न अर्थ मन्त्रालयको परिपत्र

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं, ३० असार । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबैप्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ । 

आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो ।