२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

बुटवलको सब्जी मण्डीलाई डिजिटल बजार घोषणा

बिहिवार , चैत्र १९, २०७७

बुटवल, १९ चैत । बुटवलको लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ तथा कृषि उपजथोक बजार (मण्डी) लाई डिजिटल बजार घोषणा गरिएको छ ।

प्रभु बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विसको सहकार्यमा बुटवलको फलफूल तथा तरकारी मण्डीलाई डिजीट बजार घोषणा गरिएको हो । बुधबार नेपाल राष्ट्र बैंक भैरहवा शाखाका मुख्य प्रबन्धक सुदिप फुयालले सम्पुर्ण व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।

साथै लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुषाल र कृषि उपज थोक बजार (मण्डी)का अध्यक्ष घनश्याम भुषालले यसले कारोवारलाई अझ सहज बनाउने विश्वास व्यक्त गरे । प्रभु बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख सुभाष कुवंरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।