२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

मंगलवार , आषाढ ३, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, ३ असार । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी २७ वर्षपछि मंगलबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ बस्ने गंगाराम यादव रहेका छन् ।

    रुपन्देही जिल्ला अदालतले २०५५ साल चैत २ गते यादवविरुद्ध सवारी ज्यान मुद्दामा ७ दिन कैद सजाय हुने फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ ।