२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अम्पायर स्व. सुनिल ढुंगानाको परिवारलाई आर्थिक सहयोग

शुक्रवार , चैत्र १३, २०७७

भैरहवा, १३ चैत ।
पूर्व राष्ट्रिय खेलाडी, अम्पायर तथा रुपन्देही जिल्ला क्रिकेट संघका पूर्व पदाधिकारी समेत रहेका सुनिल ढुंगानाको गत पुसमा निधनपछि उनको पारिवारिक आर्थिक अवस्था साथै श्रीमती र छोराको भविष्यलाई मध्यनजर गर्दै नेपाली क्रिकेट समर्थक समाजले संचालन गरेको सहयोग संकलन अभियानबाट संकलित रकम हस्तान्तरण गरेको छ । 

समर्थक समाजले स्व. ढुंगानाको परिवारलाई २ लाख १२ हजार रुपैयाँ सहयोग गरेको हो । पहिलो चरणमा उनको श्रीमती लक्ष्मी ढुंगाना र छोरा सुलभ ढुंगानालाई रु १ लाख हस्तान्तरण गरिसकिएको थियो ।

दोस्रो चरणमा बाँकी रहेको १ लाख १२ हजार रुपैयाँ केन्द्रिय कोषाध्यक्ष अच्युत पाण्डे, सह–सचिव मोहन ज्ञवाली र केन्द्रीय सदस्य तारा पाठक र  रुपन्देही जिल्ला समन्वय समितिका पदाधिकारीहरु उनको निवासमै पुगेर रकम हस्तान्तरण गरेका हुन् ।

स्व. ढुंगानाको श्रीमती लक्ष्मीले यस सहयोग अभियानमा देश तथा पिदेशमा रहेका समर्थक, क्रिकेट संघसंग आबद्ध थुपै सरोकारवाला व्यक्तित्वहरु जोडिएकोमा खुशी ब्व्क्त गर्दै ती सम्पूर्ण सहयोगी मनहरु र नेपाली क्रिकेट समर्थक समाजलाई धन्यवाद व्यक्त गरे ।

रकम हस्तान्तरण गर्दै संस्थाका सह–सचिव मोहन ज्ञवालीले क्रिकेट क्षेत्रमा लागेर स्व. ढुंगानाले धन नकमाए पनि थुप्रैको मन भने कमाउनु भएको हुदाँ अभियान सफल भएको बताए । नेपाली क्रिकेट समर्थक समाजले आगामी दिनमा समेत क्रिकेटमै आफ्नो जीवन समर्पित गरेर अफ्ठयारो पर्दा खेलाडी, पदाधिकारी लगायतलाई सक्दो सहयोग गर्न पछाडि नहट्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

रुपन्देहीको क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याएका ढुंगानाको गत पुस ७ गते ६३ वर्षको उमेरमा घरैमा लडेर टाउकोमा चोट लागेपछि अस्पताल लैजाने क्रमका निधन भएको थियो ।