२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

बुधवार , जेठ १, २०८२

  • 958
    Shares
  • 958
    Shares
  • भैरहवा, ३१ वैशाख । कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक बगौली गाविस–५ हाल मर्चवारी गाउँपालिका–६, बगौली बस्ने ३५ वर्षीय दशरथ कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    २०६३ भदौ २८ गते रुपन्देहीको साविक सिलौटिया गाविस वडा नम्बर १ हाल मर्चवारी गाउँपालिका वडा नम्बर ४, महादेवाका ३५ वर्षीय पुजारी कुर्मीलाई घरबाटै नियन्त्रणमा लिइ हत्या गरी फरार भएको दशरथमाथि अभियोग छ ।

    प्रहरीका अनुसार पुजारी कुर्मीको शव २०६३ भदौ ३१ गते दिउँसो स्थानीय धान खेतमा सडेगलेको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा यस घटनामा दशरथ लगायतका व्यक्तिहरुको संलग्नता देखिएको दावी प्रहरीले गरेको थियो । घटनाको लगत्तै दशरथ फरार थिए ।

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले गोप्य सूचनाको आधारमा प्रहरीले दशरथलाई भारतबाट नेपाल घरतर्फ आउँदै गर्दा आइतबार बाटोबाट इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले पक्राउ गरेको जानकारी दिए । मंगलबार रुपन्देही जिल्ला अदालतबाट पाँच दिन म्याद थप भइ थप अनुसन्धान भइरहेको उनले बताए ।