बुधवार , जेठ १, २०८२
भैरहवा, ३१ वैशाख । पर्यटन व्यवसायी भोज बहादुर खत्री (भोजेन्द्र) लाई ‘लुम्बिनी पीस अनर २०२५’ बाट सम्मान गरिएको छ । पन्त ग्लोबल कन्सल्टेन्सीद्वारा भैरहवाको देवकोटाचोकस्थित नान्स होटलमा आयोजना गरिएको लुम्बिनी शान्ति महोत्सव (पीस फेस्टीबल)–२०२५ कार्यक्रममा खत्रीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ का खत्री विभिन्न सामाजिक संस्थामा क्रियाशील रही सामाजिक कार्यमा क्रियाशील छन् । उनी पर्यटन क्षेत्रको प्रबद्र्धनमा निरन्तर लागेका छन् । खत्री होटल सिटी सेन्टर भैरहवाका सञ्चालक हुन् ।
लुम्बिनी प्रदेशका पूर्व गृहमन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, ग्लोबल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र पन्तले सम्मान गरेका हुन्।
महोत्सवमा भैरहवास्थित श्रीकृष्ण नेत्रालयले निःशुल्क आँखा परीक्षण गरेको । त्यस्तै नेपाली फिल्म होस्टल ३ का गायक युकेश रावलले सांगितिक प्रस्तुती दिएका थिए ।
प्रमुख कार्यकारी अधिकृत पन्तले पन्त कन्सल्टेन्सीले हरेक वर्ष लुम्बिनी शान्ति महोत्सव आयोजना गर्दै आएको तथा शिक्षा, स्वास्थ्य र पर्यावरण क्षेत्रमा काम गर्दै आएको जानकारी दिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij