२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

शनिवार , बैशाख २०, २०८२

बुटवल, २० वैशाख । एनएमबी बैंक लुम्बिनी प्रदेशले सम्पदा यात्रा (हेरिटेज वाक)–२०२५ कार्यक्रम सम्पन्न गरेको छ । विश्व सम्पदा दिवस –२०२५ को अवसरमा बैंकको लुम्बिनी प्रदेश सिनियर एरिया म्यानेजर मेघराज तिमिसिना, डिजिटल म्यानेजर युवराज पाठक, शाखा प्रबन्धक तथा  बैंकका कर्मचारीको सहभागीतामा हेरिटेज वाक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीले वातावरण जोगाऔं, साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्ति नै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु, साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततिको लागी मार्गदर्शन, अतिथिको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना लगायतका नारा अंकित प्लेकार्डहरु बोकेका थिए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाभलवारीस्थित एनएमबी बैकको शाखा कार्यालयबाट  सुरु भएको सम्पदा पदयात्रा मोक्षधाम र मानवसेवा आश्रम लुम्बिनी प्रदेशको कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।
पदयात्रापश्चात् बैंकले डस्टबीन, कुचो लगायतका सरसफाई सामग्रीहरु सहयोगस्वरुप मोक्षधामलाई हस्तान्तरण गरेको थियो । त्यस्तै भलवारीस्थित मानवसेवा आश्रम लुम्बिनी प्रदेशमा आश्रित व्यक्तिहरूको खाद्यान्न खरिदको लागि रु. २० हजार सहयोग हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।

कार्यक्रममा बोल्दै बैंकका लुम्बिनी सिनियर एरिया म्यानेजर मेघराज तिमिसिनाले  एनएमबि बैंकले २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्व एवं जानकारी गराउने उदेश्यले हेरिटेज वाक कार्यक्रम गर्दै आएको बताए । आफूहरुले यसपटक पनि हेरिटेज वाक २०२५ कार्यक्रम गरेको जानकारी दिए । उनले प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत संस्कृतिलाइ महत्व दिदै तिलोत्तमा भलवारीस्थित मोक्षधामसम्म पदयात्रा गरिएको बताए ।

कार्यक्रममा मोक्षधाम अध्यक्ष टिकाराम पाण्डे, मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले एनएमबी बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।सम्पदा पदयात्रा–२०२५ का सह–संयोजक भलवारी शाखा प्रबन्धक सुवर्णा आचार्यको स्वागत, सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीको संचालन तथन  सम्पदा पदयात्राका संयोजक युवराज पाठकको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।