२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मणिमुकुन्दको शुक्रबार म्युजिकल नाईट 

मंगलवार , चैत्र १०, २०७७

बुटवल, १० चैत ।
रुपन्देहीमा मणिमुकुन्द म्युजिकल नाईट २ फ्युजन सुफि म्युजिक हुने भएको छ । लियो क्लब अफ बुटवल मणिमुकुन्दको आयोजनामा यही चैत १३ गते शुक्रबार बोधी भिल्लामा म्युजिकल नाईट २ हुने भएको हो । 

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी भइरहेको क्लबमा अध्यक्ष कोमल थापाले बताइन् । सामाजिक कार्यमा अग्रसर क्लब नया ढंगको कार्यक्रमहरुमा प्राथमिकता दिदै आएको बताइन् ।  अफसर अलि एण्ड पियोनिट्ससंगै कविता एण्ड गु्रपको डान्सको प्रस्तुति रहने उनले बताए । 

करीब ५ लाख ३० हजार रुपैया खर्च हुने कार्यक्रमलाई विभिन्न संघ-संस्था तथा सहयोगदाताबाट जुटेको उनले बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष फैज शाह, पुर्व अध्यक्ष मदन थापा, शुशिला घिमिरे, राम सिजाली थापाले निरन्तर सामाजिक कार्यमा अग्रसर रहेको बताए । संयोजक सुशिला घिमिरेले ३ सय टिकट विक्री हुने अनुमान रहेको बताइन् । पहिलो म्युजिक नाइटबाट समेत सामाजिक कार्यमा लगाएको उनले बताइन् ।