२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

मंगलवार , बैशाख २, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मंगलबार (आज) प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तीमार्फत जनाएको छ ।

    बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको मूल्य घटेको छ । पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटरमा ३ रुपैयाँले घटाइएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।

    पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४३ रूपैयाँ ५० पैसा पर्नेछ ।

    त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टितेलको प्रतिलिटर १४५ रूपैयाँ पर्नेछ । त्यसै गरी तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मूल्य १६० रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४६ रूपैयाँ पर्नेछ ।