२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सिद्धार्थ सडक खाना महोत्सवको पूर्व संध्यामा सरसफाई

शनिवार , चैत्र २९, २०८१

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ३० चैत । रुपन्देहीको भैरहवामा चैत ३१ गते आइतबार (भोली) हुने सिद्धार्थ सडक खाना महोत्सव–२०८१ को पूर्व संध्यामा शनिबार बृहत सरसफाई कार्यक्रम गरिएको छ । नयाँ वर्ष २०८२ को स्वागत गर्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित रंगशाला रोडमा सडक खाना महोत्सव हुँदैछ । 

    महोत्सवस्थल (रंगशाला रोड), आँखा अस्पताल तथा यस आसपासका क्षेत्रमा सरसफाई गरिएको संगठनका अध्यक्ष राम प्रसाद पोखरेलले बताए । कार्यक्रममा संगठनका पदाधिकारी, सदस्य, सल्लाहकार, सिद्धार्थनगर नगरपालिका–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, पूर्व वडाअध्यक्ष थानेश्वर पौडेल, होटल व्यवसायी महासंघका केन्द्रीय महासचिव तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका सदस्य राजेश महोत्रा, चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवाली लगायतको उपस्थिति थियो ।

    ‘सडकमा जाऊँ, सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले बताए ।
    आइतबार बेलुकी ५ देखि राती १२ बजेसम्म सञ्चालन हुने महोत्सवमा १०१ वटा स्टल राखिने र ५० हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको घिमिरेले बताए । कार्यक्रममा करिब १ करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेका छन् । 

    विगतका वर्षहरुझै यस वर्ष पनि सडक खाना महोत्सवलाई निरन्तरता दिइएको संगठनकी सचिव कल्पना न्यौपानेले बताइन् ।

    IMG_2386.JPG

    IMG_2366.JPG

    IMG_2409.JPG
    IMG_2370.JPG

    महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देही, संरक्षकमा चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही), होटल व्यवसायी महासंघ, नेपाल र होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश तथा प्रवद्र्धकमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाडौं र पर्यटन डिभिजन कार्यालय रुपन्देही रहेका छन् ।

    त्यस्तै सहयोगी संस्थामा लुम्बिनी प्रेस क्लब, नाट्टा लुम्बिनी प्रदेश, सोट्टो लुम्बिनी प्रदेश, सिद्धार्थ होटल एशोसियसन (सान) र आस्था महिला उद्यमी संघ रहेका छन् । संस्थागत सल्लाहकारमा सिद्धार्थ सञ्जाल, रुपन्देही र सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही रहेका छन् ।

    कार्यक्रमको मुख्य प्रायोजकमा यग्रोथाई फुड्स प्रा.लि. र सह–प्रायोजकमा गोरखा ब्रुअरी प्रा.लि. काठमाडौं रहेका छन् ।