
आइतवार , चैत्र ८, २०७७
बुटवल, ८ चैत ।
ढुवानी व्यवसायी समिति, रुपन्देहीको आयोजनामा व्यवसायीहरुका समस्या र आगामी कार्यक्रमका विषयमा सल्लाहकार र कार्यसमितिको संयुक्त समिक्षा बैठक तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
समितिका अध्यक्ष श्यामराज हमालको अध्यक्षता, महासचिव रामप्रसाद गैरेको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठको स्वागतमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले संस्थाले व्यवसायीक समस्याहरुलाई आपसी छलफल र कार्ययोजना बनाएर समाधानका उपायहरु खोज्न सुझाव दिएका थिए । उनीहरुले संस्थालाई व्यवसायीको हकहितका काममा सक्रिय बनाउँदै गर्दा सामाजिक क्षेत्रको उपस्थितिलाई पनि संगसंगै लैजान सकेमा त्यसले संस्थालाई जीवन्त बनाउने बताएका थिए ।
कार्यक्रममा समितिका सल्लाहकारहरु लोकराज पोखरेल, जितबहादुर भाट, माधव नेपाल, निवर्तमान अध्यक्ष कमल घिमिरे, सचिव गोविन्द श्रेष्ठ, कोषाध्यक्ष शंकर लम्साल, प्रेस सल्लाहाकार सुमन अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा संस्थामा मनोनित सल्लाहकार तथा कार्यसमिति सदस्यहरुलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij