२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

कपिलवस्तुमा साउन ३२ गतेसम्म लकडाउन

सोमवार , श्रावण २६, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २६ साउन ।
    स्थानीय प्रशासनले २७ गते मंगलबार बिहान ५ बजेदेखि कपिलवस्तु जिल्लालाई पूर्ण रुपले लकडाउन गर्ने निर्णय गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    जिल्लामा ८ सय ५७ जनामा कोरोना पुष्टि भइसकेको र यो संख्या अझै बढ्न सक्ने र त्यसबाट कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै यस्तो लकडाउन गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

    प्रशासन कार्यालयका अनुसार २७ गते मंगलबार विहान ५ बजेदेखि ३२ गते राती १२ बजे सम्मलाई पूर्ण रुपमा लकडाउनको घोषणा गरेको छ ।

    लकडाउनको अवधिभर अत्यावश्यक सेवाका पसल तथा सवारीसाधनबाहेक सबै बन्द हुने जनाइएको छ । मेडिकल, पानी, दुध जस्ता वस्तुहरुबाहेक सबै पसल व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ । 

    उद्योग तथा कलकारखानाको भने स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार सुरक्षाको सर्तकता अपनाएर संचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए ।

    दमकल, एम्बुलेन्स, शव बाहन, दुध, खानेपानीका गाडीहरुबाहेक अन्य सवै निजी तथा भाडाका सवारीसाधनहरु सञ्चालनमा

    पूर्ण रोक लगाइएको छ । राजमार्ग भएर गुड्ने गाडीहरु जिल्लामा नरोकिने गरी भने चल्न पाउने छन् । तरकारी र खाद्यान्न खरिदका लागि हरेक दिन बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।