२०८२, फाल्गुण ११ गते

Feb 23 2026 | २०८२, फाल्गुण ११ गते

उवासंघ गोलबजारका अध्यक्ष साहद्वारा ‘इफ्तार’ कार्यक्रम

सोमवार , चैत्र १०, २०८१

  • 991
    Shares
  • 991
    Shares
  • भैरहवा, ११ चैत । उद्योग वाणिज्य संघ गोलबजार, सिरहाका अध्यक्ष विजय साहले गोलबजार नगरपालिकामा इफ्तार कार्यक्रमको आयोजना गरेका छन् ।  इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा यहाँ रहेका मुस्लिम समुदायका व्यवसायीका लागि अध्यक्ष साहले इफ्तार कार्यक्रमको आयोजना गरेका हुन् ।

    रमजान महिनामा दिनभरी रोजा अर्थात् अन्न र पानी ग्रहण नगरी व्रत बसेपछि मुस्लिम समुदायले हरेक साँझ विशेष खानपिन गर्ने गर्दछन्, जसलाई इफ्तार भनिन्छ । अध्यक्ष साहद्वारा व्यक्तिगततर्फबाट आयोजना गरेको उक्त कार्यक्रममा हिन्दू र मुस्लिम समुदायका व्यक्तिहरुको उल्लेखीय उपस्थिति रहेको थियो । 

    ‘हिन्दू–मुस्लिमबीच रहेको आपसी सम्बन्ध र भाइचारालाई थप प्रगाढ बनाउन सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको हो’उनले भने–‘विभिन्न धर्मावलम्बीहरु मिलेर बसेको यो समाजमा सबै समुदायबीच अझ प्रगाढ सम्बन्ध होस् भन्ने हाम्रो चाहना हो ।’

    इफ्तारका सहभागीहरुले यस्तो कार्यक्रमको आयोजनाले हिन्दू र मुस्लिम समुदायबीच मिलीजुली बस्ने सद्भाव र भाइचाराको सन्देश दिने बताए ।

    स्थानीय जियाउद्दीनले बहसाँस्कृतिक, बहुधार्मिक मुलुक नेपालमा यस्ता कार्यक्रमले भाइचारा बढाउने बताए । अर्का स्थानीय मोहम्मद इम्तियाज खाँले हिन्दू–मुस्दिम समुदायबीच सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे। 

    ‘उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहले राम्रो काम गर्नुभएको छ । हामीलाई खुसी लागेको हो’उनले भने–‘दुवै समुदायबीच मेलमिलापको भावना छ ।’ सो अवसरमा अध्यक्ष साहलाई सम्मान गरिएको थियो ।