२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सहुलियतपूर्ण घरकर्जाको लागि एनएमबी र सुनौलोघरबीच सम्झौता

शुक्रवार , चैत्र ७, २०८१

  • 805
    Shares
  • 805
    Shares
  • – अर्जुनदृष्टि 
    बुटवल, ८ चैत । सहुलियतपुर्ण घरकर्जाको लागि एनएमबी बैंक र सुनौलोघरबीच सम्झौता भएको छ । सम्झौतामा एनएमबी बैंकको तर्फदेखि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र सुनौलोघरको प्रवद्र्धन गरिरहेको बिउल्ड कर्मा कन्स्ट्रक्सन प्रा.लि.का निर्देशक इन्जिनियर रमेश पन्थीले एक समारोहकाबीच हस्ताक्षर गरेका छन् ।

    नयाँ घर बनाउने ग्राहकलाई लक्षित गर्दै सम्झौता यो भएको हो ।  सम्झौता अनुसार सुनौलोघरको प्रवद्र्धन गरिरहेको बिउल्ड कर्मा कन्स्ट्रक्सन प्रा.लि.ले कर्जा आवश्यक भएका ग्राहकलाई एनएमबी बैंकमा पठाउनेछ भने बैंकले घर निर्माणको लागि आवश्यक सल्लाह, योजना लागि आएका ग्राहकलाई सुनौलोघरसँग सहजीकरण गर्नेछ । 

    सुनौलोघरमार्फत कर्जा लिने ग्राहकलाई एनएमबी बैंकमार्फत ब्याज र सेवा शुल्कमा सहुलियत हुनेछ भने कम मूल्यमा गुणस्तरीय घर निर्माण गर्न सुनौलोघरबाट सहयोग पुग्ने सम्झौतामा उल्लेख छ । 
    बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले व्यवसाय, जागिर तथा वैदेशिक रोजगारमा व्यस्त हुने आम नागरिकलाई पुस्तौपुस्ता टिक्ने आफ्नो बलियो सपनाको घर बनाउन सम्झौताले निकै ठूलो सहयोग गर्ने विस्वास व्यक्त गरे ।

    सुनौलो घर योजनाका निर्देशक इन्जिनियर रमेश पन्थीले २१ औं शताब्दीको अत्याधुनिक बलियो र टिकाउ घर सुपथ मूल्यमा  निर्माण गरिने बताए । उनले एकैपटक धेरै घरहरु बनाउने हँुदा होलसेलमा निर्माण सामग्री तथा ज्यालाहरु सस्तो पर्ने जानकारी दिए ।

    सस्तो खर्चमा घर बनाए पनि गुणस्तरमा अब्बल हुने जानकारी दिदै आफूहरु स्वदेशमै उदाहरणीय कर्म गर्ने उद्देश्यका साथ लामो व्यवसायिक यात्रामा अगाडि बढेकोले जीवन्त ग्राहकको विश्वास कायम राख्ने गरी इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बुटवल–काठमाडौं लगाउन नेपाल मुख्य स्थानबाट सेवा दिइरहेको र यो सेवा अझै विस्तार गर्ने जानकारी दिए ।

    कार्यक्रमा एनएमबी बैंक लुम्बिनी प्रदेश एरिया एकका सिनियर म्यानेजर मेघराज तिमिसिनाले बैंक र सुनौलोघरको सम्झौताले आम ग्राहकलाई फाइदा हुने बताए । उनले सुनौलो घरको सिफारिसमा आउने ग्राहकको कर्जा प्रक्रियालाई प्राथमिकता दिइने जानकारी दिए ।

    शाखा प्रबन्धक अर्जुन ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा बैंकका एरिया म्यानेजर प्रभात सिंह खाती, लुम्बिनी प्रदेश रिस्क म्यानेजर कमल न्यौपाने, शाखा प्रबन्धकहरु, रिलेसनशिप म्यानेजरहरु एवं सुनौलो घरका प्रशासक बिनोद पौडेल तथा  इन्जिनियरहरु, कर्मचारीहरुको उपस्थिति थियो ।

    nnnn.jpeg