
मंगलवार , श्रावण ६, २०७७
परासी, ४ साउन ।
नवलपरासी प्रहरीले सिमावर्ति क्षेत्रबाट १ लाख ९० हजार ५ सय मुल्य बराबरको विभिन्न सामान बरामद गरेको छ । प्रहरीले सरावल गाउँपालिका ७ भुजहवाँबाट ६ वटा खसी बरामद गरेको हो । भारतबाट भन्सार छली नेपाल ल्याउदै गरेको उक्त खसी गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरिएको खसी ९० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले पाल्हीनन्दन गाउँपालिका २ बाट ११ बोरा क्यानेडियन मटर बरामद गरेको छ । बरामद मटर ५५ हजार मुल्य बराबर रहेको छ । तस्करहरुले उक्त मटर नेपालबाट भारत भित्राउन खोज्दा प्रहरीले बरामद गरेको हो । कारोबारीहरु प्रहरीलाई देखेर फरार भएका थिए ।
त्यसै गरी प्रहरीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ मुडेराबाट ५३ बोरा युरिया मल पनि बरामद गरेको छ । व्यपारीले भारतबाट भन्सार छली घरमा लुकाई राखेको उक्त युरिया मल विशेष सुराकीको आधारमा प्रहरीले बरामद गरेको हो । बरामद मल ४५ हजार ५ सय मुल्य बराबर रहेको र व्यापारीले मल किसानहरुलाई बढी मुल्यमा बेच्न राखेको प्रहरीले जनाएको छ । बरामद मालसमानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij