२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सिद्धार्थ उवासंघ : उद्योग सदस्यतर्फ अभिनव थापालाई सबैभन्दा धेरै मत

आइतवार , फाल्गुण २५, २०८१

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २५ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन–२०८१ अन्तर्गत शनिबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । २ हजार १ सय १२ सदस्य रहेको संघमा शनिबार भएको मतदानमा १ हजार ६ सय ७० मत खसेको थियो ।

    वाणिज्य उपाध्यक्षमा दीपक कुमार पौडेललाई ११ मतले पराजित गर्दै हरि बहादुर थापा विजयी भएका छन् । थापाले ७५१ मत प्राप्त गर्दा दिपक कुमार पौडेलले ७४० र यमकला न्यौपानेले १५८ मत प्राप्त गरेका छन् ।

    सह–कोषाध्यक्षमा पल्लवी न्यौपाने विजयी भएकी छन् । न्यौपाने ९४४ मतका साथ विजयी हुँदा सह–कोषाध्यक्ष पदका अर्का उम्मेदवार संजय कुमार बेरिवालले ६८३ मत प्राप्त गरेका छन् । कार्यसमिति सदस्य वाणिज्यतर्फ (महिला) मा ९२३ मतका साथ मीना पन्थी विजयी भएकी छन् । सोही पदको अर्का उम्मेदवार सुनयना के.सी. गिरीले ५४० मत प्राप्त गरेकी छन् ।

    कार्यसमिति सदस्य (उद्योगतर्फ) सबैभन्दा धेरै मत पाउने ५ जना सदस्य विजयी भएका छन् । ९ जना सदस्यका उम्मेदवारमध्ये सबैभन्दा धैरै मतका साथ अभिनव थापा विजयी भएका हुन् । थापाले १ हजार १ सय ७९ मत प्राप्त गरेका छन् । पहिलोपटक संघको निर्वाचनमा उम्मेदवार बनेका थापाले पहिलो पटकमै सर्वाधिक मतका साथ विजयी भएका छन् ।

    482272676_1221373796662763_6000744215919455220_n.jpg

     

    यी हुन् उद्योगतर्फ विजयी सदस्यहरु

    १. अभिनव थापा– ११७९
    २. ओम जैसी–१०५५
    ३. कमल ज्ञवाली–१०१२
    ४. दिपेन्द्र पौडेल–९१२
    ५. रचना क्षेत्री–८५९