२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सिद्धार्थ उवासंघको वाणिज्य उपाध्यक्षमा हरि थापा विजयी

आइतवार , फाल्गुण २५, २०८१

  • 958
    Shares
  • 958
    Shares
  • भैरहवा, २५ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन–२०८१ अन्तर्गत शनिबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । अधिकाशं पदाधिकारी निर्विरोध निर्वाचित भए पनि वाणिज्य उपाध्यक्ष, सह–कोषाध्यक्ष र सदस्यहरुमा भने निर्वाचन भएको थियो । २ हजार १ सय १२ सदस्य रहेको संघमा शनिबार भएको मतदानमा १ हजार ६ सय ७० मत खसेको थियो ।

    वाणिज्य उपाध्यक्षमा ७५१ मतका साथ हरि बहादुर थापा निर्वाचित भएका छन् । वाणिज्य उपाध्यक्षका अर्का उम्मेदवार दिपक कुमार पौडेलले ७४० र यमकला न्यौपानेले १५८ मत प्राप्त गरेका छन् । अघिल्लो  निर्वाचनमा उद्योग उपाध्यक्षमा दिलिप कुमार कान्दुुसँग ११ मतले पराजित थापा अहिले भने ११ मतले वाणिज्य उपाध्यक्षमा निर्वाचित भएका छन् । थापा रुपन्देही क्रिकेट संघको अध्यक्ष समेत हुन् । उनी विभिन्न संघ–संस्थाहरुमा आबद्ध छन् ।

    Hari Thapa.jpg

    सह–कोषाध्यक्षमा पल्लवी न्यौपाने विजयी भएकी छन् । न्यौपाने ९४४ मतका साथ विजयी हुँदा सह–कोषाध्यक्ष पदका अर्का उम्मेदवार संजय कुमार बेरिवालले ६८३ मत प्राप्त गरेका छन् । कार्यसमिति सदस्य वाणिज्यतर्फ (महिला) मा ९२३ मतका साथ मीना पन्थी विजयी भएकी छन् । सोही पदको अर्का उम्मेदवार सुनयना के.सी. गिरीले ५४० मत प्राप्त गरेकी छन् ।

    त्यस्तै कार्यसमिति सदस्य उद्योगतर्फ अभिनव थापा (११७९), ओम जैसी (१०५९), कमल ज्ञवाली (१०१२), दिपेन्द्र पौडेल (९१२) र रचना क्षेत्री (८५९) मतका साथ विजयी भएका छन् ।

    कार्यसमिति सदस्य (वाणिज्यतर्फ) धर्मवीर शर्मा (११८३), अभिनव मयुर कसौधन (१११४), प्रमोद रिजाल (१०९९), पुजा आचार्य (१०४९), विशाल जयसवाल (१०२१), रमेश घिमिरे (९६४), हरिश सेठिया (९३३), धर्मराज आचार्य (९३१), प्रकाश रेग्मी (८६६) र गंगासागर अग्रहरी (८६१) मतका साथ विजयी भएका छन् ।

    सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा नेत्र प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दिलिप कुमार कान्दु, उपाध्यक्षमा (उद्योगतर्फ) गोविन्द ज्ञवाली, उपाध्यक्ष (कर्पोरेटतर्फ) रोहित कुमार अग्रवाल, महासचिवमा कृष्ण प्रसाद घिमिरे, सचिवमा मंगल भण्डारी, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी, कर्पोरेट सदस्यमा विकास कुमार गोयनका, अर्पित अग्रवाल, वस्तुगत सदस्यमा प्रितम रौनियार र कार्यसमिति सदस्य उद्योगतर्फ (महिला) मा विष्णु माया शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।