२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचन आज, बिहान ८ बजेबाट मतदान

शनिवार , फाल्गुण २४, २०८१

  • 883
    Shares
  • 883
    Shares
  • भैरहवा, २४ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन–२०८१ अन्तर्गत शनिबार (आज) निर्वाचन कार्यक्रम हुँदैछ । मतदान बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ ।

    सिद्धार्थनगर नगरपालिका–१२ कालिकास्थान (भैरहवा) स्थित संघको सभाहलमा निर्वाचन कार्यक्रम हुनेछ । सिद्धार्थ उद्योग वाणिज्य संघको २ हजार १ सय १२ जना सदस्यहरु छन् ।

    वाणिज्य उपाध्यक्षसहित १८ पदमा निर्वाचन, ३५ जना प्रतिष्पर्धामा

    संघको आगामी कार्यकालका लागि नेतृत्व सर्वसम्मत चयन भइसकेको छ । फागुन १६ गते उम्मेदवारको मनोयनदर्ता कार्यक्रममा अध्यक्ष पदमा नेत्र प्रसाद आचार्यको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले बताए ।

    त्यस्तै वरिष्ठ उपाध्यक्षमा दिलिप प्रसाद कान्दु, उपाध्यक्ष (कर्पोरेट) मा रोहित कुमार अग्रवाल र उपाध्यक्ष (उद्योग) मा गोविन्द ज्ञवाली निर्विरोध रुपमा निर्वाचित भएका छन् । त्यसै गरी महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

    संघको वस्तुगत सदस्यमा प्रितम रौनियार, उद्योग (महिला) सदस्यमा विष्णुमाया शर्मा, कर्पोरेट सदस्यमा विकास गोयनका र अप्रित कुमार अग्रवाल तथा उद्योग (महिला) सदस्यमा विष्णु माया शर्मा पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

    उपाध्यक्ष (वाणिज्य) मा एक पदका लागि ३ जनाबीच प्रतिष्पर्धा हुँदैछ । उक्त पदमा हरि बहादुुर थापा, यमकला न्यौपाने र दिपक कुमार पौडेलबीच प्रतिष्पर्धा हुने भएको हो । त्यस्तै सह–कोषाध्यक्ष पदमा पल्लवी न्यौपाने र संजय कुमार बेरीवालबीच प्रतिष्पर्धा हुँदैछ ।

    १ जना सदस्य महिला (वाणिज्य) सदस्यका लागि २ जनाबीच प्रतिष्पर्धा हुँदैछ । उक्त पदमा सुनयना के.सी. गिरी र मीना पन्थीबीच प्रतिष्पर्धा हुने भएको हो ।

    १० जना वाणिज्य सदस्यका लागि १९ जनाले र पाँचजना उद्योग सदस्यका लागि ९ जनाले प्रतिष्पर्धा गर्दैछन् ।

    उद्योग सदस्यमा तेजेन्द्र यादव, विजय अधिकारी, दिपेन्द्र पौडेल, कमल ज्ञवाली, ओम जैशी, सृजना कार्की जोशी, अभिनव थापा, कृतेश कुमार श्रेष्ठ र रचना क्षेत्रीबीच प्रतिष्पर्धा हुँदैछ ।

    त्यस्तै वाणिज्य सदस्यमा धर्मविर शर्मा, सुरेन्द्र यादव, प्रकाश रेग्मी, अभिनव मयूर कसौधन, विशाल जैसवाल, चन्द्रकान्त भट्टराई, पूजा आचार्य, हरिश सेठीया, यज्नय प्रसाद बेल्वासे, अर्जुन कार्की, गंगा सागर अग्रहरी, धर्मराज आचार्य, जवाहीर अग्रहरी, रमेश घिमिरे, सन्दीप कुमार अग्रहरी, रमेश कानु, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली र प्रमोद रिजालबीच प्रतिष्पर्धा हुँदैछ ।