२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

कालिका लघुवित्तद्वारा गोष्ठी तथा वित्तीय साक्षरता

शुक्रवार , फाल्गुण ९, २०८१

  • 976
    Shares
  • 976
    Shares
  • भैरहवा, ९ फागुन । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भैरहवाले बिहीबार केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का कार्यबाहक वडाअध्यक्ष हरि प्रसाद आचार्यले केही संस्थाको गलत गतिविधिका कारण अन्य संस्थाहरुलाई पनि नकारात्मक दृष्टिकोणले हेरिएको बताए । उनले जे प्रयोजनका लागि हो त्यही प्रयोजनका लागि ऋण लगानी र प्रयोग गर्नुपर्ने बताए । संस्थाको आर्थिक प्रगतिको शुभकामना दिदै आचार्यले यो संस्था समेत आर्थिक व्यवस्थापनमा चनाखो हुनुपर्ने बताए । 

    विशिष्ट अतिथि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड भैरहवा शाखाका प्रमुख बासुदेव मल्लले ऋण लिएको पैसा सही काममा सदुपयोग गर्न सुझाव दिए । ‘सबै पैसा जनताको पैसा भएको बताउँदै सदुपयोग गरेमा धेरै लाभ हुने तर दुरुपयोग गरेमा त्यसले नै हामीलाई, हाम्रो भविष्यलाई बर्बाद पार्छ’उनले भने–कर्जा लिनुभन्दा पहिला यो पैसाले के काम गर्दैछु यसको मार्केट छ तिर्न सक्छु भनेर ऋण लिनुहोस् ।’ 
    मल्लले भने पैसा यस्तो हतियार हो राम्रो तरिकाले प्रयोग गरे जे पनि काट्न सक्ने तर दुरुपयोग गरेमा आफैलाइ काट्ने बताए ।

    कालिका लघुवित्तका सहायक प्रबन्धक खेमनारायण रेग्मीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाको १ सय ६ शाखामध्ये भैरहवा शाखा ३५ औं शाखा भएको बताए । संस्थाको २ करोड २ लाख भन्दा बढी बचत रकम रहेको, रहस्यमय मृत्युु बीमा भुक्तानी १५ लाख, ३ लाख सुत्केरी रकम हस्तान्तरण गरेको र सदस्य मृत्यु क्रिया खर्च ५ लाख गरेको विवरण कार्यक्रममा प्रस्तुत गरिएको थियो । 

    केन्द्र नम्बर १ सय ६ का केन्द्र प्रमुख रन्जना शुक्ला यादवको अध्यक्षता तथा भैरहवा शाखा प्रमुख विष्णु कुमारी लुइँटेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।