सोमवार , श्रावण २६, २०७७
भैरहवा, २६ साउन ।
लायन्स क्लब अफ बुटवल जितगढीले तिलोत्तमा नगरपालिकामा अवस्थित तिलोत्तमा पार्कमा वृक्षारोपण गरेको छ । क्लबले पार्कमा कपुर प्रजातिका विरुवाहरु रोपेको कार्यक्रम संयोजक हिम्मत आचार्यले बताए ।
क्लबका अध्यक्ष इन्द्र विष्टको अध्यक्षता तथा लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका पाष्ट डिष्ट्रिक गर्भनर (पीडीजी) महेन्द्र नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक स्टे«टेजिक चिफ योगेश घिमिरे, एरिया चिफ सन्दिप कसौधन, एरिया–४ का संस्थापक अध्यक्ष भीम घिमिरे, रिजन चेयरपर्सन भरत श्रेष्ठ, जोन चेयरपर्सन भुपेन्द्र (हरि) क्षेत्री, लायन्स क्लब अफ बुटवल जितगढीका पूर्व अध्यक्ष कृष्ण पोखरेल, निवर्तमान अध्यक्ष बाबुराम अधिकारी, पार्कका अध्यक्ष दिपक पाठक, क्लबका उपाध्यक्ष अमृत भुसाल, सह–सचिव प्रकाश गैरे, कोषाध्यक्ष राजेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
क्लबका सचिव विरु क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij