
शुक्रवार , माघ ११, २०८१
भैरहवा, ११ माघ । संविधान सभा सदस्य तथा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले महिला सशक्तिकरणमा जोड दिएका छन् । भौतिक र पूर्वाधारसँगै एउटा पूर्ण समाजका लागि सामाजिक विकास पनि महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सामाजिक विकासको अर्को महत्वपूर्ण पाटो महिला तथा किशोरीहरुको सशक्तिकरण एवं सक्षमता भएको उल्लेख गरे ।
महिला सशक्तिकरण अनुसन्धान केन्द्र बुटवलको व्यवस्थापन र सिद्धार्थनगर नगरपालिकाद्वारा आयोजित महिला तथा किशोरीहरुलाई दुईदिने महिला सशक्तिकरण एवं क्षमता अभिवृद्धि सम्बन्धि अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मेयर खाँले इमान्दार भएर काम गरे सफल हुने विश्वास पनि व्यक्त गरे ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले महिलाहरु सबल र सक्क्षम भए सामाजिक विकास छिटो हुने बताए । सोही उद्देश्य पूरा गर्न कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
केन्द्रका अध्यक्ष रेखा ज्ञवालीको सभापतित्व, अधिवक्ता केशव राज पोखरेलको सञ्चालन तथा उपाध्यक्ष तारा रायमाझीको स्वागतमा भएको कार्यक्रममा रीता खनाल र राजेन्द्र लम्सालले प्रशिक्षण दिनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij