२०८२, आश्विन २६ गते

Oct 12 2025 | २०८२, आश्विन २६ गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १७४ औं शाखा कोटिहवामा

शुक्रवार , माघ ४, २०८१

  • 859
    Shares
  • 859
    Shares
  • बुटवल, ४ माघ । सूर्यज्योति  लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७४ औं शाखा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ स्थित कोटिहवामा उद्घाटन गरिएको छ । कोटिहवा शाखाको बिहीबार एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश बिक्रम खत्रीले उद्घाटन गरेका हुन् ।

    14d98651-4216-49da-aa1f-b93a62a2b985 (1).jpg

    कार्यक्रममा प्रमुख अतिथि खत्रीले सूर्यज्योति लाईफ इन्स्योरेन्स बीमा क्षेत्रको उदाउँदो नक्षत्र भएको बताए । उनले यससंग जोडिएर बीमा गर्ने बिमितको जीवन सधै उज्यालो हुने बताए । उनले कम्पनीले पुस मसान्तभित्र ५ अर्ब भन्दा बढी प्रिमियम संकलन गर्न सफल भएको र पुसभित्र वार्षिक साधारणसभा गरी बीमा प्राधिकरणलाई प्रतिवेदन बुझाएर पहिलो बन्न सफल भएको बताए ।

    कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर फर्सुराम मरासिनीले बीमा गर्ने हरेक व्यक्तिको भविष्यमा आउने जोखिम बहन गर्न सजिलो हुने बताए । उनले व्यक्तिको जीवन आर्थिकसँग जोडिएकोले आर्थिक रुपमा मजबुत हुनका लागि पनि बीमा गर्नुपर्ने बताए ।

    सूर्यज्योति लाईफ इन्स्योरेन्स कोटिहवा शाखाका प्रबन्धक चिरन अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका लुम्बिनी प्रदेश प्रमुख सुशिल चापागाईं, क्षेत्रीय प्रबन्धक विकास अधिकारी, स्टार एजेन्सी म्यानेजर लक्ष्मण पन्थ, राजन पोखरेललगायतको उपस्थिति रहेको थियो ।