images
images

शनिवार, जेठ ५ गते २०८१

लाफा समुहद्धारा ब्लड क्यान्सर र मृगौलापीडितलाई सहयोग

लाफा समुहद्धारा ब्लड क्यान्सर र मृगौलापीडितलाई सहयोग

images
images
images
शनिवार, फाल्गुण २९ २०७७
शनिवार, फाल्गुण २९ २०७७
  • लाफा समुहद्धारा ब्लड क्यान्सर र मृगौलापीडितलाई सहयोग

    बुटवल, २९ फागुन । 
    रुपन्देहीमा खेलकुद गतिविधिसंगै सामाजिक कार्यमा अग्रसर रहदै आएको लाफा समुह बुटवलले दुई जना बिरामीलाई ५८ हजार ४० रुपैयाँ आर्थिक सहयोग गरेको छ । लाफा समुह बुटवलले ब्लड क्यान्सर र मृगौलापीडित दुई जनालाई उपचारका लागि दोस्रो पटक आर्थिक सहयोग गरेको हो ।

    विगत चार वर्षदेखि ब्लड क्यान्सरबाट पीडित स्याङ्गजा घर भइ हाल बुटवलको सुख्खानगर बस्दै आएका लाफा समुहका सक्रिय सदस्य प्रदिप श्रेष्ठको ७ वर्षिय छोरी आयुष्मा श्रेष्ठको उपचारका लागि ४६ हजार ५ सय ७० रुपैंयाँ आर्थिक सहयोग गरेको छ । त्यस्तै क्लबले पाल्पा रामपुर घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका समुहका सदस्य ३० वर्षिय रेम बहादुर ठकुरीलाई पनि समुहले नगद १० हजार ४ सय ४० रुपैयाँ सहयोग गरेको छ ।

    समुहका अध्यक्ष तारासिंह रेश्मी र सदस्य विपिन श्रेष्ठको जन्मदिनको अवसरमा दुई जनाले २० हजार रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै समुहका अन्य सदस्यबाट आर्थिक जुटाइ सहयोग गरेको समुहका संयोजक ज्ञानु सारुले जानकारी दिए । श्रेष्ठ र ठकुरीको उपचारका लागि यो भन्दा पहिला पनि समुहले २२÷२२ हजार रुपैयाँ आर्थिक सहयोग गरी सकेको र थप सहयोग जुटाइदिन समुहका संरक्षक बासुदेब लामिछानेले आग्रह गरेका छन ।

    समुहले विभिन्न समयमा यस्तै आर्थिक अवस्था कमजोर भएका बिरामी र तिनीहरुको परिवारलाई आर्थिक सहयोग गर्दै आएको समुहका अध्यक्ष तारासिंह रेश्मीले बताए । 

    समुहले विभिन्न सामाजिक काम गर्दै आएको छ भने वर्षमा दुई पटक रक्तदान गर्ने गरेको छ । यही चैत ३ गते समुहले पुन रक्तदान कार्यक्रम राखेको हुँदा रक्तदाताहरुलाई रक्तदान कार्यक्रममा सहभागि हुन अध्यक्ष रेश्मीले आग्रह गरे ।

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij