२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

जनकपुर बोल्ट्सका समर्थकहरुमाथि आक्रमण गर्नेमाथि कारवाही गर्न जसपा नेपालको माग

मंगलवार , पौष ९, २०८१

भैरहवा, ९ पुस । जनता समाजवादी पार्टी, नेपाल (जसपा) लुम्बिनी प्रदेश समितिले त्रिभुवन विश्वविद्यालय खेलमैदानमा जनकपुर बोल्ट्सका समर्थकहरुमाथि सांघातिक आक्रमण गर्नेमाथि कारवाही गर्न माग राखेको छ । 

प्रदेश कार्यबाहक अध्यक्ष रामअवतार यादवले विज्ञप्ती जारी गर्दै आक्रमणको घटनाप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । शनिबारको अन्तिम खेलपछि त्रिवि खेलमैदान कीर्तिपुरमा केही अराजक समूहले जनकपुर बोल्ट्सका समर्थकमाथि गरेको आक्रमणप्रति ध्यानाकर्षण भएको यादवले बताए । यो घटना र नेपालका उत्पीडित मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, पछाडी पारिएको क्षेत्रलाई राज्यले गर्दै आएको व्यवहार एकै किसिमका रहेको ठहर भएको उनले बताए ।

‘नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स र आबद्ध खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई जसपा नेपाल लुम्बिनी प्रदेश हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछ, ’विज्ञप्तीमा भनिएको छ ।