images
images

मंगलवार, जेठ ८ गते २०८१

सिसिआईले माइक्रोसफ्ट वल्ड च्याम्पियनसीप गर्दै

सिसिआईले माइक्रोसफ्ट वल्ड च्याम्पियनसीप गर्दै

images
images
images
शनिवार, फाल्गुण २९ २०७७
शनिवार, फाल्गुण २९ २०७७
  • सिसिआईले माइक्रोसफ्ट वल्ड च्याम्पियनसीप गर्दै

    बुटवल, २९ फागुन ।
    बुटवलमा रहेको सिसिआईले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप गर्ने भएको छ । प्रतियोगिताबारे जानकारी दिन रुपन्देहीका विद्यालय तथा क्याम्पसमा अध्ययनरत कम्प्युटर शिक्षकहरु तथा प्रिन्सिपलहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । साविक लुम्बिनी अञ्चलका लागि आधिकारिक संस्थाका रुपमा सिसिआईले प्रतियोगिताको समन्वय गर्न लागेको हो । 

    संस्थाका प्रबन्ध निर्देशक राजु थापाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक दिनेश लामिछानेले सहजीकरण गरेका थिए । कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल, एम्स कलेजका प्रमुख दिपक ढकाल लगायतले बोल्दै संस्थागत सहकार्यका लागि प्रतिवद्धता व्यक्त गरे ।

    कार्यालयहरुमा प्रयोगमा आउने सफ्टवेयरहरु माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावर प्वाइन्टका अनलाइन विधिबाट निःशुल्क तालिम दिइ प्राप्त गरेको सिप परीक्षण गर्ने र प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार प्रदान गरिनेछ ।  प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई जिल्लागत तथा राष्ट्रियस्तरमा प्रतिष्पर्धा गराइ उत्कृष्टलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराइनेछ । जिल्लागत रुपमा उत्कृष्ट हुनेले नगद १५ हजार, राष्ट्रिय रुपमा उत्कृष्ट हुनेले ५० हजार र अन्तर्राष्ट्रिय तहमा उत्कृष्ट हुनेले ७ हजार अमेरिकी डलर, प्रमाणपत्र, ट्रफी  र छात्रवृत्ति प्राप्त गर्नेछन् । 

    प्रतियोगितामा विश्वका १ सय ३५ देशका विद्यार्थीहरुले सहभागिता जनाउनेछन । प्रतियोगितालाई स्थानीयस्तरमा साविक लुम्बिनी अञ्चलका ६ वटा जिल्लाहरु रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, गुल्मी र पाल्पाका लागि सहजीकरणको आधिकारिता सिसिआई बुटवलले प्राप्त गरेको छ ।

    विद्यार्थीहरुलाई  प्रतियोगितामा समावेश गराउने र पुरस्कार जित्न अभिप्रेरित गर्ने मात्र नभई उनीहरुलाई जागिरको अवसर प्राप्त गर्न र उच्च शिक्षामा सफलता हासिल गर्न समेत सहयोग गर्नु प्रतियोगिताको उद्देश्य रहेको प्रबन्ध निर्देशक थापाले बताए । जिल्लास्तरीय प्रतियोगिताका लागि संस्थाले सम्पूर्ण तयारी पुरा गरिसकेको र साविक लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा गएर सहभागिहरु छनौट गरिने थापाले जानकारी दिए ।

    images
    images
    images

    आगामी वैशाख २४ देखि जेठ ८ गते सम्ममा जिल्लास्तरीय, जेठ २३ देखि २८ गते सम्ममा राष्ट्रिय  र  साउन १७ देखि २० गतेसम्म अन्तर्राष्ट्रिय सबै प्रतियोगिता सम्पन्न हुनेछन् । 

    कम्तिमा १३ वर्ष पुरा भएको र २२ वर्ष ननाघेको जो कोही नेपाली नागरिक प्रतियोगितामा सहभागि हुन सक्नेछन् । जिल्लास्तरीय प्रतियोगितामा छनौट भएका प्रतिष्पर्धीहरु राष्ट्रिय प्रतियोगितामा छनौट हुनेछन् । च्याम्पियनसीपका लागि ७७ वटै जिल्लाका ४ सय ६२ जना प्रतिष्पर्धीबीच राष्ट्रिय रुपमा अन्तिम प्रतिष्पर्धा हुनेछ । त्यसबाट छनौट भएका ६ जना उत्कृष्ट प्रतियोगिहरु (प्रत्येक विधाका २ जना) इन्टरनेशनल च्याम्पियनसीपको लागि स्वत ः छनौट हुनेछन् । उनीहरु माइक्रोसफ्टद्वारा अमेरिकाको ओर्लान्डो, फ्लोरिडामा आयोजना हुने अन्तिम प्रतिष्पर्धामा सहभागि हुनेछन् । प्रतियोगितामा नेपालका हिमाल श्रेष्ठले सन २०१३ मा वल्र्ड च्याम्पियनको उपाधि हासिल गरिसकेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij