२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

जग्गा तथा आवास विकासका समस्या समाधान सम्बन्धी प्रतिवेदन चाँडै कार्यान्वयन हुन्छः उपप्रधानमन्त्री सिंह

शुक्रवार , पौष ५, २०८१

  • 841
    Shares
  • 841
    Shares
  • काठमाण्डौं ५ पुस ।शहरी विकासमन्त्री प्रकाशमान सिंहले घर जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने प्रतिबद्धता जनाएका छन ।


    शहरी विकास मन्त्रालय सिंहदरबारमा शुक्रबार जग्गा आवास विकासमा देखिएका समा समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझदै मन्त्री सिंहले घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने  प्रतिबद्धता जनाएका  हुन ।कार्यदलको प्रतिवेदनमा भएका सुझावहरुलाई मन्त्रालयको तर्फबाट कार्यान्वयनमा लाने मन्त्री सिंहले  बताए ।उनँले घर जग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पुत्याएको भन्दै मन्त्रालयको तर्फबाट यसमा नितिहरु बनाउँदा थप ध्यान दिने बताए ।सरकार,निजि क्षेत्रको अन्तरक्रिया तथा व्यक्तिगत रुपमा कार्यदलले बुझाएको प्रतिवेदनले नेपालको घर जग्गा तथा आवासको कारोबारलाई उकास्न मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे। 

    मध्यम र  निम्न वर्गका परिवारलाई पनि ‘हाउजिङ’ आवासमा समेटन् मन्त्रालयले आवश्यक पहल गर्ने उनको भनाई छ ।शहरी विकास मन्त्रालयका भवन,आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा  गठन भएको कार्यदलले जग्गा,आवास विकाससँग सम्बन्धित व्यवस्था अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई सुधारसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको हो ।