२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

एमाले लुसनपा–१० को अधिवेशन, अध्यक्षमा विक्रम लोध

बिहिवार , मंसिर २७, २०८१

  • 841
    Shares
  • 841
    Shares
  • भैरहवा, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी साँस्कृतिक नगरपालिकाले वडा अधिवेशनहरु गरिरहेको छ । सोही क्रममा वडा नम्बर १०, रुपन्देहीको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।

    अधिवेशनले विक्रम प्रसाद लोधको अध्यक्षतामा १८ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा चिनक प्रसाद यादव, सचिवमा रन्जना चौधरी, सह–सचिवमा अमिन मुसलमान र चेतराम हरिजन रहेका छन् । सदस्यहरुमा मथुरा अहिर यादव, राम सजिवन लोध, सुवास चाई, कलामुद्दीन मुसलमान, राम चरित्र हरिजन, अमिरिका थारु, कैलासी चौधरी, तुलसा भुसाल, सञ्जु पासी, रीता पासी, मधु तिवारी, सरोज कोहार र निरज बनिया रहेको एमाले लुम्बिनी साँस्कृतिक नगरपालिकाका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

    वडा कमिटीका अध्यक्ष विक्रम प्रसाद लोधको अध्यक्षता, प्रतिनिधि सभा सदस्य तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरेको प्रमुख आतिथ्यता, लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजन, खड्क कुँवरको विशिष्ट आतिथ्यता, अब्दुल रहमान खाँ, हजरत बेलाल, टिका कट्टेल, सुरज कलवार, गोविन्द ज्ञवाली, मञ्जु पराजुली, वसिउद्दीन खाँ, सरिता श्रीवास्तव लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।