२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

बलियो पार्टी संगठन निर्माणमा जुट्न निर्देशन

बुधवार , मंसिर २६, २०८१

  • 694
    Shares
  • 694
    Shares
  • बाँके, २६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रिय सदस्य चेतनारायण आचार्यले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई तीन तहमा विजय बनाउन अहिलेदेखि नै बलियो संगठन निर्माणमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । 

    बाँकेको बैजनाथ गाउँपालिका कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई बलियो बनाउने अभियानमा जुट्न निर्देशन दिए । ‘यहाँ जति योजनाहरु प्रस्तुत गर्नुभयो । ती योजना पालिका र वडा तहबाट सम्बोधन गर्ने खालका छन् । पार्टीलाई बलियो बनाएर स्थानीय तहको निर्वाचनबाट विजय बनाउने गरी यहाँहरु अघि बढ्न जरुरी छ’उनले भने,‘संगठन निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढ्नुस् ।’

    त्यस्तै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले बाँके र बर्दिया जिल्लाको समग्र विकासको लागि उच्च प्राथमिकतामा राखेको बताए । चालु आर्थिक वर्षमा बाँकेमा २ अर्ब ४० करोड र बर्दियालाई १ अर्ब ८७ करोड बजेट विनियोजन गरिएको समेत जानकारी गराउँदै प्रदेश सरकारले यी जिल्लालाई उच्च प्राथमिकतामा राखेको उनले जानकारी दिए । 

    त्यस्तै प्रदेश सरकारले व्यवस्थित र गुणस्तरीय सडक निर्माणका लागि प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माण गरेर व्यवस्थित र दिगो पूर्वाधार निर्माण गरिने उनले स्पष्ट पारे । एउटा प्रदेश निर्वाचन क्षेत्रमा पाँचवटा प्रदेशस्तरका सडक नबढ्ने गरी सडक सञ्जाल गुरुयोजनामा समेटिने उनको भनाइ छ । ‘प्रदेशका सडक कुन हुन् ? पहिचान गर्न गाह्रो थियो । अब सडक सञ्जाल गुरुयोजना बनाएर सडक योजना छनोट र निर्माणलाई व्यवस्थित गर्न प्रदेश सरकार अघि बढेको छ’उनले भने,‘अहिले साढे २२ सय सडकबाट हामीले साढे तीन सयदेखि चार सयको बीचमा झार्दैछौं । अनि प्रदेशको बजेटले ती सडक निर्माणको काम अघि बढ्छ ।’ 

    प्रदेश सरकारले अघि बढाएका योजनाको कार्यान्वयन र गुणस्तरीयतामा ध्यान दिन, अनुगमन तथा निगरानी बढाउन उनले आह्वान गरे । ‘प्रदेश सरकारले अघि बढाएका सबै आयोजना गुणस्तरीय हुन जरुरी छ । बजेट परेका ठाउँमा कार्यान्वयनमा सहजीकरणको भूमिका पार्टी पंक्तिबाट हुन आवश्यक छ’उनले भने,‘प्रदेश गरेका कामहरुलाई अपनत्व लिएर जनता माझ पुर्याउन जरुरी छ ।