२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

कांग्रेस रुपन्देहीले विशेष अभियानका लागि प्रतिनिधि खटायो

बुधवार , मंसिर २६, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २६ मंसिर । नेपाली कांग्रेस रुपन्देहीले सयदिने विशेष राष्ट्रिय अभियानका लागि जिल्लाका सबै वडामा प्रतिनिधि खटाएको छ । जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय पालिका र वडा सभापति तथा कार्यसमितिसँग समन्वय र परामर्श गरी प्रतिवेदन तयार पार्न प्रतिनिधि खटाउने निर्देशन बमोजिम जिल्लामा पनि प्रतिनिधि खटाइएको कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । उनका अनुसार आगामी पुस ७ गतेभित्र प्रतिवेदन ल्याउने गरी जिल्लाका १ सय ५५ वटै वडामा प्रतिनिधि खटाइएको छ । 

    महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि क्षेत्रीय सभापति र जिल्ला सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाइएको कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले जानकारी दिए । 

    प्रतिनिधिहरुले वडा भेला, अन्तरक्रिया गर्ने, कार्यसमिति पूर्ण नभएको भए विधान बमोजिम गर्न लगाउने, नियमित बैठक बस्न लगाउने, पार्टी संगंठन, क्रियाशील सदस्यता नवीकरण प्रक्रिया के कस्तो भएको छ, उक्त वडामा अन्य पार्टीको अवस्था, जनप्रतिनिधि र पार्टीबीचको समन्वय जस्ता विषयहरु समेटेर प्रतिवेदन तयार पार्नेछन् ।