२०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

प्रमुख सूचना आयुक्त र आयुक्तहरुद्वारा शपथ ग्रहण

बुधवार , मंसिर २६, २०८१

  • 574
    Shares
  • 574
    Shares
  • प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डां  सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।


    प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई शपथ ग्रहण गराएका हुन । प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याल लगायतको उपस्थिति रहेको थियो । सपथपछि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रुपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भुमिका प्रभावकारी हुनुपर्ने बताउँदै असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताए। उनले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छ्ट्याएर काम गर्नुपर्नेमा जोड दिए।