२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

एमाले लुसनपा–४ को अधिवेशन सम्पन्न, अध्यक्षमा शेष

शुक्रवार , मंसिर २१, २०८१

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ४ को वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको अधिवेशनले पुनः अबुबकर शेषको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    वडा कमिटीको उपाध्यक्षमा त्रिपुरारी बरई र सचिवमा राकेश कुमार त्रिपाठी रहेका छन् । त्यस्तै सदस्यहरुमा ओम प्रकाश पाण्डे, मिना हरिजन, अण्डल मन्नान अन्सारी, सुरेन्द्र कुमार पाल, रजावती बढई, शान्ति हरिजन, विवेकानन्द धवल, मिठु यादव, केश राम यादव, वेलावती भर, तिरथी हरिजन, शिवनाथ बढ्ई, मिस्रा धुनियाइन, सोनमति मुराउ, रामदास हरिजन र चन्द्रप्रकाश बढई रहेको एमाले लुम्बिनी साँस्कृतिक नगरपालिकाका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

    WhatsApp Image 2024-12-06 at 1.58.11 PM (1).jpeg

    वडा कमिटीका अध्यक्ष अबुबकर शेषको अध्यक्षता, प्रतिनिधि सभा सदस्य एवं एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरेको प्रमुख आतिथ्यता, लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन, प्रदेश सल्लाहकार हजरत बेलाल (राजु), पार्टीका जिल्ला सदस्य सुरज जैसवाल, टीका कट्टेल, लुसनपा कमिटी अध्यक्ष गोविन्द ज्ञवाली, उपाध्यक्ष मन्जु ढकाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी पाँचजना एमालेमा प्रवेश गरेका थिए ।