२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

‘लुम्बिनी’ बुद्धको जन्मस्थलका साथै बुद्ध दर्शनको केन्द्र : प्रधानमन्त्री ओली

शुक्रवार , मंसिर १४, २०८१

लुम्बिनी, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थलका साथसाथै बुद्ध दर्शनको केन्द्र भएको बताएका छन् ।  

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्ध जन्मस्थानको मुहानबाट बुद्धका सन्देशलाई बिश्वमाझ फैलाउनु पर्ने बताए ।  

प्रधानमन्त्री ओलीले बुद्धका दर्शनलाई शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्को रुप नै आफूहरुले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न सबै लाग्नु पर्नेमा जोड दिए ।  

अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरे ।  

प्रधानमन्त्री ओेलीले बुद्व जन्मिएको स्थानमा ध्यान अनिवार्य भएकाले लुम्बिनीमा ५ हजार जना अट्ने अन्तर्राष्ट्रिय सभाहल निर्माण गरिएको समेत उल्लेख गरे । हल निर्माणपछि अन्तर्राष्ट्रिय स्तरका ध्यान र सम्मेलन आयोजना गर्न सम्भव भएको बताए । 

प्रधानमन्त्री ओलीले बुद्व दर्शनको मुहानमा हामी रहेकाले यसको विस्तारमा विश्व विद्यालय केन्द्रित हुनुपर्ने बताउदै बुद्वका शिक्षा पालनामा जोड दिए । । उनले बुद्व दर्शनको सारतत्व सत्य भएकाले सत्यको पालनामा जोड दिए ।